अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथलाई माधव नेपालको जवाफ: पार्टीका समस्या बाहिर गीत गाउँदै हिँड्ने होइन

झलनाथलाई माधव नेपालको जवाफ: पार्टीका समस्या बाहिर गीत गाउँदै हिँड्ने होइन


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नु भएको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गर्नु भएको थियो। अध्यक्ष नेपालले गरेको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन्।

सोही प्रसंगलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनु भयो। उहाँले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनु भयो।

अध्यक्ष नेपालले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताउनु भयो। उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताउनु भयाे ।

अध्यक्ष नेपाले भन्नुभयो, ‘पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ। बाहिर गीत गाएर हिँड्ने होइन। बाहिर नाचेर हिँड्ने कुरा भएन। केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ।’

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो ।