अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्वतमा जिप दुर्घटना हुँदा ७ जना घाइते

पर्वतमा जिप दुर्घटना हुँदा ७ जना घाइते


पर्वत-पर्वतको मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गामा भएको जिप दुर्घटनामा परी सात जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार आज मोदी गाउँपालिकाकै पातीचौरबाट देउपुरका लागि छुटेको जिप दिउँसो करिब साढे चार बजे दुर्घटनामा परेको थियो। देउराली लाङदीमा ग १ ज ६०४५ नम्बरको जिप उकालो चढ्दै गरेको अवस्थामा दुर्घटनामा परेको हो।

दुर्घटनामा पर्नेमा मोदी–३ लाङ्दीका ६४ वर्षीय गौतम गुरुङ, देउरालीका ३९ वर्षीय हिमाल गुरुङ, २५ वर्षीया सुमित्रा किसान, ३० वर्षीया अमृता परियार रहेका छन्। दुर्घटनाका घाइतेहरूलाई तत्कालै जिल्ला अस्पताल पर्वत लगिएको छ। उनीहरू सबैको अवस्थामा सामान्य रहेको पनि पर्वत ट्राफिकले बताएको छ।

उकालोमा कालोपत्रे सडकमा पहिरोमा फोर ह्वील गियर प्रयोग गर्न परिवर्तन गर्नका लागि प्रयास गर्दा गियर परिवर्तन नभएपछि जिप पछाडि सर्दै पल्टिएको चालक रेशमबहादुर गुरुङले बताउनु भयो ।