काठमाडौँ–सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको बैठक निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुने भएको छ ।
हिजो साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्नेगरी बैठक सहिएको थियो ।
वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँले वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताउनुभयो । आजको वार्तामा पनि आफूहरुका माग सम्बोधन नभए आन्दोलनले निरन्तरता पाउनु उहाँले बताउनुभयो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ ।
प्रतिक्रिया