अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसियाली महिला फुटबल : आज नेपालले भियतनामसँग खेल्दै

एसियाली महिला फुटबल : आज नेपालले भियतनामसँग खेल्दै


काठमाडौँ-१९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज (शुक्रबार) पहिलो खेल खेल्दै छ । चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ । नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ । 

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।