अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।