अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उम्मेदवारी घोषणा

एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उम्मेदवारी घोषणा


काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदका लागि दोलखाका नेता ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ।

असोज ८ र ९ गते काठमाडौंमा आयोजना हुने बागमतीको पहिलो अधिवेशनमा उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको हो।

पोखरेल २०७० देखि २०७८सम्म एमालेको दोलखा जिल्ला अध्यक्ष हुनु भएको थियो ।

पोखरेल एमाले दोलखाका शीर्षस्थ नेतामा पर्नुहुन्छ । उहाँ २०४९ मा साबिक जफे गाविसको अध्यक्ष निर्वाचित भई कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित हुनुभएको थियो ।

२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित हुनु भएको थियो । पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्नुहुन्छ ।

काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ। 

अधिवेशनका लागि प्रदेशका १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकिएको छ। एमाले प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाका अनुसार प्रतिनिधिको संख्या १२ सय ५० हाराहारीमा पुगेको छ। 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । 

प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएकाले  पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन्।