अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षक आन्दोलनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको समर्थन

शिक्षक आन्दोलनमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको समर्थन


काठमाडौं-नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ।

विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक २०८०’सरकारले सरोकारवालाहरुसंग परामर्श नगरी विभिन्न स्वार्थ समूहहरुको प्रभावमा परेर नेपालको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न एकपक्षीय ढंगले संसदमा दर्ता गराएको अनेरास्ववियुको आरोप छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यालय शिक्षा विधेयक २०८०’मा थुप्रै संशोधन गर्नु पर्ने विषयहरु भएकोमा त्यस तर्फ अनेरास्ववियुले वृहत अध्ययन, अनुसन्धान र बहुपक्षीय छलफल पश्चात विधेयकमा संशोधन गर्नु पर्ने विषयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने बताउनुभयो ।

सरोकारवाला पक्षको रुपमा रहेका शिक्षकहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा विधेयकका केही प्रावधानहरुमा असहमति जनाउँदै आन्दोलनरत रहेकोमा शिक्षक महासंघले अगाडि सारेका जायज मागहरु प्रति अनेरास्ववियुको नैतिक समर्थन रहेको अध्यक्ष बडालले बताउनुभयो । 

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको अक्रमन्यताले गर्दा यस आन्दोलनले सार्वजनिक विद्यालयहरुको पठनपाठन अवरुद्ध भएको र विद्यार्थीहरुको नियमित पठनपाठनको अधिकार कुण्ठित समेत भएकोमा अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण समेत भएको छ।’