काठमाडौँ-महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जना पक्राउ गरेका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १७ जना पक्राउ गरेका छन्।
शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ।
प्रतिक्रिया