काठमाडौं-सरकार र आन्दोलनरत् शिक्षकहरू बीचको वार्ता गृह मन्त्रालयमा जारी छ। बिहानैदेखि वार्ता भइरहँदा पनि अझै सहमति जुट्न नसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
शिक्षामन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले शिक्षक महासंघको वार्ता टोली नहुँदा थप छलफल गर्नमा समस्या भएको जानकारी दिनुभयो। ‘महासंघको वार्ता टोली समिति नहुँदा केही समस्या देखिएको छ,उहाँहरूमा पनि केही दलगतका मान्छेहरू भएकाले खटपट रहेछ,उहाँहरू वार्ता समितिको लागि मिलाउँदै हुनुहुन्छ,त्यही भएर वार्ता लम्बियो,वार्ता भने जारी छ,’उहाँले भन्नुभयो ।
उहाँका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री, नेपाल शिक्षक महासंघका प्रतिनिधिलगायत पदाधिकारीहरू सहभागी छन्। उहाँले सरकारबाट भने आज नै जसरी पनि वार्ता टुंग्याउने पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकार भने कुनै हालतमा पनि आज छलफल गरी वार्ता टुंग्याउने पक्षमा छ।’
प्रतिक्रिया