अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ: विष्णु रिमाल

विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ: विष्णु रिमाल


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्ने बताउनु भएको छ।

उपमहासचिव रिमालले शिक्षकहरुका मागको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउन जोड दिँदै आन्दोलन जति लम्बिन्छ उत्ति नै मुलुकलाई क्षति पुग्ने बताउनु भयो।  

गुरुहरुको गुनासो सुनवाइ गर भन्दै रिमालले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा छन्। यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ। आन्दोलनको कारण छ। तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ।’

उहाँले सरकारले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता टार्न नभई गुनासो सम्बोधन गर्नेगरी गर्नुपर्नेमा जोड दिनुभयो । ‘तसर्थ सरकारले टार्न हैन गुनासाको सम्बोधन गर्ने गरी वार्तालाई सार्थक बनाउनुपर्छ’, रिमालको भनाइ छ। 

शिक्षक महासंघले संविधान र कानूनको सीमामा रही सम्वादलाई पेशागत हक/हितमा सीमित गर्नुपर्ने सुझाव पनि रिमालले दिनु भएको छ । उहाँले स्थानीय सरकारले राजनीतिक दाउपेचमा शिक्षकहरुलाई प्रताडित गर्न रोक्नुपर्ने र उनीहरुको पेशागत हितका बिषय अक्षुण्ण रहन दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिइनुपर्छ।’