काठमाडौं-नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले गठबन्धन सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक फिर्ता लिएर आन्दोलनरत शिक्षकका माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ। उहाँले शिक्षकको स्वाभिमानमा र अधिकारलाई कुण्ठित हुने गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै लाखौँ शिक्षकहरू तीन दिनदेखि सडक आन्दोलनमा उत्रिएका भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
देशभरका सामुदायिक र साझेदारी विद्यालय बन्द भएका प्रति उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले भन्नुभयो, ‘समयमा नै शिक्षकको माग संशोधन नगरी शिक्षाको ज्योति लोकतान्त्रिक आन्दोलनका सहकर्मीहरूलाई सडकमा उत्रन बाध्य बनाउने सरकार प्रति क्षोभ व्यक्त गर्दछु । यो सरकारको असफलता हो, उनीहरूका जायज माग पूरा गर्न सार्थक वार्ताको माग गर्दछु, म शिक्षक लगायत सबै पेसाकर्मीको जायज माग पूरा गर्न सरकारसँग पुन: अपिल गर्दछु।’
प्रतिक्रिया