अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरू

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरू


काठमाडौं-सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरू भएको छ। सरकार र शिक्षकबीच शुक्रबार दोस्रो दिन वार्ता सुरु भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । यसअघि बिहीबार पनि वार्ता भएको थियो । तर, त्यसमा कुनै सहमति जुट्न सकेको थिएन।

गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्ने गरी गएको स्रोतले बतायो। सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए।

अहिले गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी हुनुहुन्छ।

सरकारले ल्याएको शिक्षा विधेयकमाथि असहमति राख्दै देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ। आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।