काठमाडौँ-डिशहोम फाइवरनेटको नयाँ अफर “कनेक्सनको दोब्बर उत्सव” अन्तर्गत उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ पाउन सकिने भएकाे ५ ।
डिशहोम फाइवरनेटले “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ । चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउने जनाइएका छ । यो अफर अन्तर्गत शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीकाे विश्वास छ ।
इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको जनाइएका छ ।
डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिनेछ ।
उल्लेखित योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान जडान गर्ने ग्राहकहरुले निम्न वमोजिमको ब्यान्डविथ शुलभ मुल्यमा पाउन सकिनेछः
*५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।
*७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मुल्यमा मात्र रु.८,७५९ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।
*१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १०० एमबीपीएसको मुल्यमा मात्र रु.९,६९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।
*१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।
प्रतिक्रिया