अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष केपी ‌ओलीद्वारा दक्षिण एसियाली खेलकुदमा भाग लिन जाने नेपाली क्रिकेट टिमलाई शुभकामना 

अध्यक्ष केपी ‌ओलीद्वारा दक्षिण एसियाली खेलकुदमा भाग लिन जाने नेपाली क्रिकेट टिमलाई शुभकामना 


काठमाडौं–नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुदमा भाग लिन चीन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टीमलाई शुभकामना दिनुभएको छ।

चीनमा सुरु भएको एसियन खेलकुदमा भाग लिन नेपाली क्रिकेट टोली आज त्यस तर्फ जाँदै छ। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टोलीलाई बिदाइ गरेको फोटो राख्दै ओलीले नेपाली क्रिकेट टिमलाई जीतको शुभकामना दिनुभएको छ । ‘आज चाइना जान लागेको नेपाली क्रिकेट टिमलाई शुभकामना’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ। 

अध्यक्ष ओलीले नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको नयाँ टिमलाई बधाई दिनु भएको छ। ‘चतुरबहादुर चन्द र पारस खड्का सहित नेपाल क्रिकेट संघ (क्यान) को नयाँ टिमलाई बधाई’, उहाँले लेख्नुभएको छ।