अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश अविधेशन: उदयपुरको ८ वटै पालिकाबाट प्रतिनिधि सर्वसम्मत चयन

एमाले कोशी प्रदेश अविधेशन: उदयपुरको ८ वटै पालिकाबाट प्रतिनिधि सर्वसम्मत चयन


काठमाडौं–नेकपा एमाले कोशी प्रदेश कमिटीको यही असोज १२ र १३ गते हुने प्रथम अधिवेशनका उदयपुरको ८ वटै पालिकाबाट प्रदेश प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन्। असोज ५ गतेसम्ममा प्रदेश प्रतिनिधिहरु छनौट गरिसक्नुपर्ने निर्वाचन कार्यतालिका अनुसार उदयपुरको ८ वटै पालिकाबाट प्रतिनीधिहरु छनौट भएको कोशी प्रदेश उपसचिव शैलेस लामाले जानकारी दिनुभयो।

उदयपुरगढी गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा खुल्लातर्फ शैलेश लामा र गोपाल खत्री, महिलाबाट संगीता बिक सर्वसम्मत चयन भएका छन्। यस्तै रौतामाई गाउँपालिकाबाट खुल्लातर्फ अम्बरबहादुर रायमाझी, जीवन कार्की र कैलाश बस्नेत,  महिलामा कुमारी आले मगर चयन भएका छन्। त्यसैगरी ताप्ली गाउँपालिकाबाट खुल्लामा बाबुराम राई र महिलामा कमलामाया राई चयन भएका छन्। यस्तै लिम्चुङबुङ गाउँपालिकाबाट देवराज राई सर्वसम्मत चयन भएका छन्।

त्रियुगा नगरपालिकाबाट इश्वरमणि राउत, भागवत राउत, बिमल कार्की, प्रकाश बस्नेत, नारदराज थापा, चन्द्र नारायण चौधरी, धिरेन्द्र दाहाल, गिता रेग्मी, भवानी थापा र महेश्वरी राई निर्विरोध चयन भएका छन्। त्यसैगरी कटारी नगरपालिकाबाट खुल्लामा ज्ञानेन्द्र श्रेष्ठ, जिबनाथ दाहाल, रतन पोखरेल, कला घले र गिता खड्का चयन भएका छन् । यसैगरी चौदण्डीगढी नगरपालिकाबाट महिला प्रतिनिधिमा कान्ता राई, खुल्लाबाट पदम राई र शम्भु पौडेल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी बेलका नगरपालिकाबाट खुल्लामा दुर्गा कुमार थापा र धनपती आचार्य, महिलाबाट सिर्जना तामाङ प्रदेश प्रतिनीधि चयन चयन भएका छन्।

मजदुरबाट माया भण्डारी, दिलबहादुरर तामाङ, कृष्णबहादुर केसी, दलितबाट फुन्दे बिक र बेनीबहादुर सार्की चयन भएको नेकपा एमाले उदयपुरले जनाएको छ।

पार्टीको कोशी प्रदेश कार्यालयले गत भदौ ११ गते पठाएको अन्तर पार्टी निर्देशिका अनुसार तोकिएको पालिका निर्वाचन इकाईका आधारमा पार्टी सदस्य संख्या एक हजारसम्मका लागि प्रत्येक एक सयजना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि निर्वाचन गर्ने र त्यसरी निर्वाचन गर्दा ५० वा सो भन्दा बढी शेष रहेको अबस्थामा त्यस्तो इकाईमा थप १ जना निर्वाचित गर्न सकिने तथा निर्वाचित हुने प्रतिनीधिको संख्याको न्युन्तम एक तिहाई सदस्य महिला प्रतिनीधि हुनुपर्ने प्रावधान रहेको थियो।

आगामी असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम कोशी प्रदेश अविधेशनका लागि तयारी तिव्ररुपमा भैरहेको र प्रचारप्रसारलाई व्यापक बनाइएको उपसचिव लामाले बताउनु भयो ।