अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीएसजीको सहज जीत हुँदा एम्बाप्पे घाइते

पीएसजीको सहज जीत हुँदा एम्बाप्पे घाइते


पेरिस–किलियान एमबाप्पे चोटग्रस्त बन्दा  पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ ।  

पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए ।

एमबाप्पेले अक्टोबर ४ मा हुने च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने आशङ्का गरिएको। अचर्फ हाकिमी र रान्डल कोलो मुआनीको एक–एक र गोन्कालो रामोसले दुई गोल गरेपछि पीएसजीले मार्सेलीलाई ४-० ले हरायो। 

यसले उनीहरूलाई लिग वानमा तेस्रो स्थानमा उक्लिएका छन् । प्रारम्भिक सिजन लिडर ब्रेस्ट भन्दा टोली दुई अंकले पछि रहेको छ । लुइस एनरिकको टोलीले आफ्नो अघिल्लो खेलमा घरमा निससँग ३-२ ले हारेको थियो।