अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने

शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने


काठमाडौँ-प्रस्तावित शिक्षा विधेयककाे बिरुद्धमा आन्दोलनमा रहेका शिक्षकहरूले आजकाे आन्दाेलन  सडकमा सुतेर गर्ने भएका छन्। 

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सम्झौता भए पनि आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै आन्दाेलन जारी राखेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । 

नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले दिउँसाे १२ बजेदेखि सडकमा लम्पसार परेर पल्टिने बताउनुभयो । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागिएकाे उहाँले बताउनु भयो । ​​​​

शिक्षक महासंघले आन्दाेलन फिर्ता लिए पनि राहत शिक्षकहरुले भने आफ्नाे माग सम्बाेधन नभएकाे भन्दै आन्दाेलन जारी राखेका छन् । शिक्षक महासंघ र सरकारबीच गत असोज ७ गते ६ बुँदे सम्झौता भएको थियो ।