अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहत शिक्षकहरू सडकमै सुतेर विरोध प्रदर्शन गर्दै

राहत शिक्षकहरू सडकमै सुतेर विरोध प्रदर्शन गर्दै


काठमाडौं-राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सम्झौता भए पनि आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै आन्दाेलन जारी राखेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् । 

नीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

शिक्षक महासंघले आन्दाेलन फिर्ता लिए पनि राहत शिक्षकहरुले भने आफ्नाे माग सम्बाेधन नभएकाे भन्दै आन्दाेलन जारी राखेका छन् । शिक्षक महासंघ र सरकारबीच गत असोज ७ गते ६ बुँदे सम्झौता भएको थियो ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी गरेका छन् ।