अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद विस्तार गर्दै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद विस्तार गर्दै


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

मुख्यमन्त्री कार्कीले एमालेका थप चार जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । कार्कीले २० असोजभित्र विश्वासको मत लिनुपर्छ। तर, विश्वासको मत लिन भने त्यस्तो राजनीतिक समीकरण बनिसकेको छैन।

मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने पक्का भइसकेको स्रोतले जानकारी दिएको छ। आजै साँझ प्रदेश प्रमुखको कार्यलयमा शपथ गराउने कार्यक्रम रहेको एमालेका एक नेताले बताउनु भयो ।