अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु


उदयपुर-उदयपुरको बेलका नगरपालिका-५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो।

गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टार अस्पतालमा सामान्य उपचारपछि घरमै राखिएको थियो। घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालको आइसियुमा राखिएको थियो।

लिम्बूको उपचारकै क्रममा आइतबार बेलुकी मृत्यु भएको बेलका उहाँको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीनको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन्।