अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारलाई अध्यक्ष ओलीको प्रश्न: १०० किलो सुन ६१ किलो कसरी भयो ?

सरकारलाई अध्यक्ष ओलीको प्रश्न: १०० किलो सुन ६१ किलो कसरी भयो ?


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्करीको सुन छानबिन गर्न नचाहेको आरोप लगाउनु भएको छ।

सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले एक महिनासम्म सुन तस्करीको व्यापक छानबिन गर्नुपर्छ भनेको एक महिनापछि मात्रै आयोग गठन गर्न तयार भएपनि विलम्ब गरिरहेको बताउनु भयो। 

 उहाँले भन्नुभयो, ‘हामीले एक महिनासम्म संघर्ष गरेर सुन तस्करीको व्यापक छलफल गर्नुपर्छ भनेर एक महिनापछि आयोग बनाउन मान्यो । किन एक महिना पर्खिनुपर्यो भने सरकार एअरपोर्टमा पक्रिनुपर्ने सुन प्रक्रिएन । पक्रिएका मान्छेलाई पनि छाडेर सबै लुकाउन लगाइयो।’

उहाँले सरकार अहिले सुन प्रकरणको छानबिन गर्न पाइँदैन भन्न थालेको बताउनु भयो ।

उहाँ भन्नुभयो, ‘सरकार अहिले छानबिन गर्न पाइँदैन भन्छ। भविष्यमा कस्तो कानून बनाउने भन्नेबारे छलफल गरौं भन्छ । १०० किलो हामीले सुन्यौं तर एक महिनापछि ६१ किलो मात्रै भयो । बाँकी कहाँ गयो ? इलेक्ट्रिक सिग्रेटबाट ल्याइएको ९ किलो सुनको कारबाही कहाँ पुग्यो ?’