अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशको मन्त्रीपरिषद् विस्तार दुईजना मन्त्री र दुईजना राज्यमन्त्री थपिए

कोशी प्रदेशको मन्त्रीपरिषद् विस्तार दुईजना मन्त्री र दुईजना राज्यमन्त्री थपिए


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्री परिषद बिस्तार गर्नुभएको छ।
कार्कीले दुईजना मन्त्री र तीनजना राज्यमन्त्री थप गर्नुभएको छ। अब कोशी प्रदेशको मन्त्रीपरिषद ९ सदस्यीय भएको छ।
मुख्यमन्त्री कार्कीले जारी गरेको सूचना अनुसार थपिएका मन्त्रीमा लिलाबल्लभ अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालय, बुद्धि कुमार राजभण्डारी खानेपानी सिंचाइ तथा उर्जा मन्त्री, रामप्रसाद महतो उद्योग कृषी तथा सहकारी राज्यमन्त्री नियुक्त भएका छन् । यसैगरी सृजना राई राज्यमन्त्री सामाजिक विकास मन्त्रालय र निरन राई राज्यमन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरुको केहीबेरमा सपथ ग्रहणको तयारी छ।