अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउँछ: अध्यक्ष ओली

आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउँछ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ। 

सोमबार बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताउनु भयो। 

‘जोजो विरोधी हुन् उनीहरुले बुझे हुन्छ, सबै एक गठ भए हुन्छ । बाँकी कोही भए गठबन्धनमा आए हुन्छ। तर मिसन ८४ ले तपाईँहरूका सबै क्रियाकलापलाई जवाफ दिनेछ’, ओलीले भन्नुभयो, ‘एमालेले एकल बहुमत ल्याउँछ।’

चुनावमार्फत एमालेले जवाफ दिने भन्दै उहाँले एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले मरेको बिरालो भएर होइन जिउँदो बाघ भएर अघि बढ्छ। राष्ट्रिय स्वाभिमानको झन्डा एमालेले तल झर्न दिँदैन ।’

एमालेका नेता कार्यकर्तालाई पनि देशलाई यो दिन्छु भन्ने भावनाका साथ अघि बढ्न निर्देशन दिनुभयो ।