काठमाडौं-विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
श्रेष्ठ पूर्वसचिवसमेत हुन् । उहाँ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बन्नु भएको थियो । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उहाँ २०३६ सालमा शाखा अधिकृत नियुक्त हुनु भएको थियो । उहाँले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।
अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।
पूर्वसचिव श्रेष्ठ तत्कालीन माओवादीको कोटाबाट खिलराम रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री हुनुभएको थियो ।
प्रतिक्रिया