अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमालेसहितको सरकार बनाउन उपयुक्त हुन्छ: गगन थापा

कोशीमा एमालेसहितको सरकार बनाउन उपयुक्त हुन्छ: गगन थापा


काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोशी प्रदेशमा नेकपा एमालेसहितको सरकार बनाउन राय राख्नु भएको छ।

सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले कोशीमा एमालेसँग पनि सहकार्य गरेर जानुपर्ने राय राख्नुभएको हो । कोशी प्रदेशमा फरक ढंगले सोच्नुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले भन्नुभयो, ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो ।’