अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशनको आज बन्दसत्र, नयाँ नेतृत्व चयन गरिने 

एमाले बागमती अधिवेशनको आज बन्दसत्र, नयाँ नेतृत्व चयन गरिने 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदैछ । अधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमतीले जनाएको छ ।

नयाँ नेतृत्व चयन सर्वसहमतिमा हुने एमालेले जनाएको छ । तर अध्यक्षमा आकांक्षी धेरै भएपछि निर्वाचन हुने नेताहरुले बताउने गरेका छन् । 

हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।