काठमाडौँ–नेकपा एमालेको नेपाल उद्योग तथा व्यवसायी महासंघले निजी क्षेत्रसँग नेकपा एमाले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
महासंघले आज होटल मल्ल लैनचौरमा दिउँसो १ बजे अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।
महासंघका अध्यक्ष एल. पी सावाँ लिम्बुका अनुसार अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको छ ।
यस्तै एमालेका उपाध्यक्षहरु पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा पनि अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया