अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दशैं लक्षित नयाँ नोट वितरणको तयारी,  प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउने

दशैं लक्षित नयाँ नोट वितरणको तयारी,  प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउने


काठमाडौँ–नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । 

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका अनुसार घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु हुनेछ ।

राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि प्रत्येक वर्ष नयाँ नोट साट्दै आएको छ । राष्ट्र बैंकले   नयाँ नोट कति आवश्यक पर्ने हो भनेर विवरण संकलन गरिरहेको र त्यसपछि वितरणको काम गर्ने जनाएको छ ।  

यसअघि पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।