अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमेयर डंगोलले भेट्नुभयो उभिइरहेका ईःलाई

उपमेयर डंगोलले भेट्नुभयो उभिइरहेका ईःलाई


काठमाडौँ–काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई भेट्नु । आज उपमेयर डंगोलले विगत १६५ घण्टादेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्नुभएको हो ।  

‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ अभियन्ता ‘ ईः’ ले भन्नुभयो  ।

काठमाडौँ महानगरका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहनुभएको छ ।

हिजो वार्ताको विषयमा मेयर शाह र ईःबीचमा विवाद देखिएको थियो ।