अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमाले बागमती अधिवेशनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल गठन


काठमाडौँ–नेकपा (एमाले) बागमती प्रदेश  अधिवेशनको बन्दसत्र सुरु भएको छ । आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो ।

अधिवेशनको हिजो अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरिने छ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ ।

एमाले बागमती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।