अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपमेयर डंगोलले इःलाई भेटेपछि अध्यक्ष ओलीको टिप्पणीः वार्ताबाट समाधान खोज्ने संकेत

उपमेयर डंगोलले इःलाई भेटेपछि अध्यक्ष ओलीको टिप्पणीः वार्ताबाट समाधान खोज्ने संकेत

महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन


काठमाडौं-काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ई:’ सँग भेटेलगत्तै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्ने बताउनु भएको छ।

सडक व्यवसायीहरूको वैकल्पिक व्यवस्थाको मागसहित काठमाडौं महानगर मेयर कार्यालयअगाडि उभिएर प्रदर्शन गरिरहेका ईलाई भेट्न डंगोल आज बिहान त्यहाँ पुग्नु भएको थियो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो ।’

उहाँले उपमेयरले भेटेको प्रसंग कोट्याउँदै दुवैजना युवा भएकाले छलफल गर्न र समाधान निकाल्न सुझाव दिनुभयो । साथै समाधानको उपाय के हुन सक्छन् भनेर सुझाव पनि माग्नु भएको छ।

‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन’, उहाँले भन्नभउको छ, ‘कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्षअघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ।’ 

उहाँले पुराना किताब, इतिहास र कथाहरूमा असन र इन्द्रचोकको व्यापारका विषयमा पढ्न पाइने पनि खुलाउनु भएको छ। 

ओलीले परम्परागत रुपमा चल्दै आएका कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा हुने खल्बलीलाई स्वभाविक र वैज्ञानिक भन्नुभएको छ ।  

‘ई:लाई उपमेयर (सुनिता डंगोल) ले भेट्नु भएको भन्ने सुनेँ। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले काठमाडौं महानगरबाट गरिबी हटाउने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले लेख्नुहुन्छ, ‘हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन।’