काठमाडाैँ-फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउन नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि राष्ट्रिय सभागृह पुग्नुभएकाे छ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले मंगलवार बिहान सभागृह पुगेर ‘ई’को आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएकाे हाे ।
‘सडक–साइकल–गाडाः परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देऊ,’ उहाँले बोकेको प्ले कार्डमा लेखिएको छ।
पाण्डेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि मंगलवार बिहान नै ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउन राष्ट्रिय सभागृहअगाडि पुग्नुभएकाे थियाे।
यसअघि ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोल पनि राष्ट्रिय सभागृह अगाडि पुग्नुभएकाे थियाे ।
अभियन्ता ‘ई’ महानगरको कार्यालय रहेको सभागृहको गेटमा १८९ घण्टाभन्दा बढी समयदेखि उभिइरहेका छन् ।
प्रतिक्रिया