अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं महानगरपालिका र अभियन्ता ईः को टाेलीबीच वार्ता सुरु

काठमाडौं महानगरपालिका र अभियन्ता ईः को टाेलीबीच वार्ता सुरु


काठमाडौं- सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ। राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः का प्रतिनिधि र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो।

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई उपस्थित छैनन् । महानगरले ई सँग वार्ता गर्न वार्ता टोली बनाएको  थियाे।

वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ई पनि वार्तामा नआएका हुन् ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् भने ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् । यसअघि सोमबार मेयर बालेन शाहले वार्ता गर्न भन्दै ईःलाई बोलाउन नगर प्रहरी पठाएका थिए । ईःले एक्कासी आएर धम्कीको शैलीमा एक्लै बोलाएपछि नगएको बताएका थिए ।