अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा


सुर्खेत-नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने उक्त अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको बताउनु भयो । उहाँले अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष ओली नेपालगन्ज विमानस्थल झरेर गाडीमार्फत सुर्खेत आउने जानकारी दिनु भयो।

रत्नराजमार्ग अवलोकन गर्दै अध्यक्ष ओली सुर्खेतमा हुने अधिवेशनको बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने शाहले बताउनु भयो। कर्णाली प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुने जनाएको छ।

अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्ने जनाएको छ।

यस्तै, अधिवेशनमा १० जिल्ला र मोर्चासंगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा १९५ जना महिला र ४०७ पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ।

जसमा जिल्लागत प्रतिनिधित्व (भूगोल अन्र्तगत) सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी ५५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

साथै, बिहीवारे बिहान ८ बजेदेखि बन्दसत्र शुरु हुनेछ। बन्दसत्रले पार्टीको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। (५) अधिवेशनको उदघाटन सत्रमा कम्तीमा ५ हजार जनसहभागिता रहनेछ।