अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी सरकारले दियो राउटेलाई २५ हजार दसैं खर्च 

लुम्बिनी सरकारले दियो राउटेलाई २५ हजार दसैं खर्च 


तुलसीपुर-लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ। मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो।

अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु.२५ हजार उपलब्ध गराउनुभएको हो। सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन्। केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आउनुभएको थियो।