अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेयर धितो कर्जामा सिमा तोक्नु हुँदैन: सुरेन्द्र पाण्डे

सेयर धितो कर्जामा सिमा तोक्नु हुँदैन: सुरेन्द्र पाण्डे


काठमाडौं नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जामा सिमा हटाउनु पर्ने बताउनु भएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उपाध्यक्ष पाण्डेले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सिमा हटाउने माग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ’सेयर धितो कर्जामा लगाएको ४/१२ को सिमा हटाउनु पर्छ। सिमा तोक्नु हुँदैन।’

कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनु पर्ने उहाँको भनाइ थियो । हाल २ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्ने व्यवस्था छ।