अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भरियाभन्दा पनि सुन ल्याउने मुख्य मान्छे पक्राउ गर्नुपर्‍याे: अध्यक्ष ओली

भरियाभन्दा पनि सुन ल्याउने मुख्य मान्छे पक्राउ गर्नुपर्‍याे: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनको कारोबार गर्ने मानिसलाई सरकाले संरक्षण दिएर लुकाएको आरोप लगाउनु भएको छ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

भरियालाई मात्रै होइन, मुख्य मान्छेलाई पक्राउ गरेर दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीले बताउनु भयो । उहाँले दोषीलाई जनता समक्ष सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘ड्राइभर, भरियालाई कारबाही गरेर यो कसरी बन्द हुन्छ ? मुस्कुराई राखेको छ, जो अपराधी हो, जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ, आनन्द लिइराखेको छ ऊ, वाहा ! क्या मजा छ, कसले लगानी गरिराखेको छ यहाँ ?’

सुन तस्करीको लागि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर २०७६ सालदेखि तयारी गरिएको ओलीले बताउनुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘नागरिकता दिने मान्छे को हो ? किन नागरिकता दिइयो ? के कारणले दियो ? कति खाएर दियो ? कति लिएर दियो नागरिकता ?’

ओलीले ललिता निवासका जग्गामा सार्वजनिक सम्पत्तिलाई मेरो हो भनेर फिर्ता मागे झैँ गर्ने र मिलेमतोमा दिने काम गरिएको ओलीले बताउनुभयो । सार्वजनिक जग्गा निजी बनाउने र बनाइदिनेलाई कारबाही नगर्ने तर भाटभटेनी खोल्दा कमिसन दिएन भनेर व्यक्तिको सम्पत्ति किन्ने एउटा व्यवसायीलाई तर्साउने काम गरिएको ओलीको टिप्पणी छ।