अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैंमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने

दशैंमा एउटै व्यक्तिले साढे १८ हजार नयाँ नोट साट्न पाउने


काठमाडौँ-चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि नेपाल राष्ट्र बैङ्कले तयारी थालेको छ। 

राष्ट्र बैङ्कले प्रत्येक वर्ष दशैं-तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ। यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी थालेको हो। 

राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ। यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ। राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ।