अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली प्युठान जाँदै

एमाले अध्यक्ष ओली प्युठान जाँदै


 काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान जाँदै हुनुहुन्छ। नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान जान लाग्नुभएको हो।

यो उहाँको दोस्रो पटकको प्युठान भ्रमण हुनेछ। अध्यक्ष ओली यसअघि पोलिटब्युरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान जानु भएको थियो ।

एमाले प्युठानका जिल्ला अध्यक्ष विजयबिराज बिस्टले पार्टीका केन्द्रीय अध्यक्ष  ओली असोज १६ गते प्युठान आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।  आज बसेको पार्टीको जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओली आउने कार्यक्रमको तयारीमा जुट्ने  निर्णय भएको उहाँले बताउनुभयो । 

‘केपी शर्मा ओलीलाई सुन्ने चाहना सबैको छ’, उहाँले भन्नुभयो, ‘कार्यक्रमलाई व्यवस्थित गर्न तयारी थालेका छौँ ।’ अध्यक्ष ओली प्युठान आएसँगै दुई वटा कार्यक्रममा सहभागी हुने बताइएको छ। 

पहिलो कार्यक्रम भवन उद्घाटन र दोस्रो कार्यक्रम होटल आयुस्मा जुम्रीमा पार्टीको नेता कार्यकर्तासहित आम शुभेच्छुकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्युठानले जनाएको छ।