काठमाडौं -सर्लाहीमा क्रियाशील प्रमुख ६ राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेका छन्।
विगत केहि दिनदेखि सर्लाही सदरमुकाम मलंगवा र आसपासका क्षेत्रमा भइरहेको सामाजिक सद्भाव खलबल्याउने किसिमका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ६ दलले सबैलाई सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र लोसपाका जिल्ला अध्यक्षहरुले सामूहिक रुपमा यस्तो अपिल गरेका हुन्।

मलंगवामा मूर्ति सेलाउने क्रममा भएको घटना र त्यसपछिका घटनाक्रमले सदिऔंदेखि कायम आपसी धार्मिक तथा सामाजिक सद्भाव र सहयोगमा नकारात्मक छाप पर्दै गएको भन्दै अपिलमा चिन्ता व्यक्त गरिएको छ।
प्रतिक्रिया