काठमाडौं-विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा शिक्षकहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
नेपाल शिक्षक महासंघ, सरकार र शिक्षकहरूको संघ-संगठनको रोहबरमा छ बुँदे सम्झौता भएको थियो । विशेष गरी राहत शिक्षक, साविक उमावि शिक्षक, अस्थायी/करार शिक्षक, सिकाइ अनुदान शिक्षक, विशेष शिक्षा शिक्षक, प्राविधिक धारका शिक्षकहरू आफ्नो भविष्यप्रति अन्योलमा भएकाले सडकमा उत्रेका थिए । सरकारसँग छ बुँदे सम्झौता गरेपछि राहत शिक्षकबाहेक सबैजसो सहमत भएका छन् ।
प्रतिक्रिया