काठमाडौं-मोरङको केराबारी गाउँपालिकाका १० जना शिक्षकहरुले राजनीतिक दलका कुनै पनि भातृ तथा शुभेच्छुक संस्था त्यागेको घोषणा गरेका छन्। उनीहरुले शिक्षकका कुनै पनि संगठनमा पनि आवद्ध नरहने घोषणा गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा भएको आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिले शिक्षकहरुलाई धोका दिएको भन्दै उनीहरुले दलीय आस्थाबाटट फाइदा नहुने निष्कर्षसहित आवद्धता त्यागेका घोषणा गरेका हुन्।
गाउँपालिकाको आमजुंगी आवसीय विद्यालयका सबै शिक्षकहरुले विज्ञप्ति जारी गर्दै दल र शिक्षकका संगठनहरु गुलाम भएको भन्दै यस्ता संस्थामा बस्नुको औचित्य नरहेको घोषणा गरेका हुन्।
उनीहरुले दलीय आवद्धता त्याग गर्ने निर्णयसहित हाल आवद्ध र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाबाट राजीनामा घोषणा गरेका छन्।
प्रतिक्रिया