अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहत शिक्षक र प्रहरीबीच धकेकाधकेल

राहत शिक्षक र प्रहरीबीच धकेकाधकेल


काठमाडौँ-विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा शिक्षकहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्।

राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ। आन्दोलनलाई निरन्तरता दिने क्रममा सडक अवरुद्ध भएसँगै शिक्षक र प्रहरीबीच केही बेर धकेलाधकेल समेत भएको छ।

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए।  

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।  

शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।