अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

एमाले बागमती अधिवेशन: मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

मतदान भोलि बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने


काठमाडौँ-नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ।

एमाले  बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ। मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो ।

यस्तै एमाले बागमती प्रदेशले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सूची टाँसिएको थियो ।