अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विरोध गर्नेहरुको कुनै नियम हुँदैन: अध्यक्ष ओली

एमालेको विरोध गर्नेहरुको कुनै नियम हुँदैन: अध्यक्ष ओली


सुर्खेत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुको कुनै नियम र कानुन नहुने बताउनुभएको छ।

विरोधीहरुले एमालेलाई चौतर्फी घेराबन्दी गरेर अनेक हतकण्डा अपनाएको बताउनुभएको छ। सुर्खेतमा कर्णाली प्रदेशको पहिलो अधिवेशनको उद्घान गर्दै अध्यक्ष ओलीले सहमतीबाट नेतृत्व छाने एमालेमा चुनाव हुन दिइएन भन्ने चुनाव गरे ओलीले भनेको कसैले टेरेनन् भन्ने अध्यक्ष ओलीले भन्नुभयो, ‘यो विरोधीहरुको तरिका हो। यिनीहरुको कुनै नियम र तरिका हुँदैन। यसबाट एमालेका नेता कार्यकर्ता बिचलित हुनुहुँदैन ।’
एमालेको विरोध गर्नेहरु आरा जस्तै भएको अध्यक्ष ओलीको भनाइ छ। यता फर्के पनि काट्छ,उता फर्के काट्छ अध्यक्ष ओलीले भन्नुभयो ।