अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो: अध्यक्ष ओली

समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो: अध्यक्ष ओली

स्वाधीनताको हुर्मत लिइएको छ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेविरुद्ध अनेक खालका घेराबन्दी र हमलाको प्रयास भएको बताउनुभएको छ। 

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै ओलीले सबै घेराबन्दीलाई एमाले तोडेर अघि बढ्न सक्षम रहेको बताउनुभयो। त्यसको लागि नेकपा एमालेले मिसन २०८४ को अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो। 

मिसन २०८४ लाई सबैले आफ्नो हिस्सामा पूरा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेकपा एमालेलाई २०८४ मा एकल बहुमतको पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

अध्यक्ष ओलीले एमालेलाई विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा लागिएको पनि बताउनुभयो । सोही अनुसार पार्टीको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिनुभयो।

एमालेका विरुद्ध प्रचार गर्ने विरोधीले अनेक बहाना गरेर प्रचार गर्ने ओलीले बताउनुभयो। एमालेमा सर्वसम्मति भयो भने त्यो पार्टीमा आन्तरिक लोकतन्त्र छैन, चुनाव नै लड्न दिइँदैन भन्ने र चुनाव लड्दा मिलाउन सकेनन् भन्ने आरोप विरोधीले लगाउने आलीको भनाइ छ।

राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने उहाँले दाबी गर्नुभयो । यदि कसैलाई यसो भन्दा चित्त दुख्छ भने एमालेसँग सहकार्य गर्न आउन उहाँले आह्वान गर्नुभयो । ‘देशको सार्वभौमसत्ता धरापमा पार्न खोजिएको छ, स्वाधीनताको हुर्मत लिइएको छ’, ओलीले भन्नुभयो । 

नेकपा एमाले राजनीतिक लडाइँ लडिरहेको बताउँदै ओलीले यो लडाई सजिलो नभएको बताउनुभयो । क्विन्टलका क्विन्टल सुन तस्करी गर्नेहरूले काँक्रो आफू खाएर बियाँ एमालेको गालामा टास्न ल्याउने प्रयत्न गरिरहेका उहाँले टिप्पणी गर्नुभयो।