अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश: अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेश: अध्यक्षमा दाहाल र ढुङ्गेलको उम्मेदवारी दर्ता


काठमाडौं–नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् ।

एमाले बागमतीको नेतृत्व सर्वसम्मत टुंग्याउन नसकिएपछि बिहीबार (भोलि) दुईजनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।

एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्। 

यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उहाँ संसदीय राजनीतिका पनि अनुभवी नेता हुन्।