अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पार्टीप्रति अध्यक्ष ओलीको टिप्पणी: टुप्पामा पलाएका ऐजेरु

नयाँ पार्टीप्रति अध्यक्ष ओलीको टिप्पणी: टुप्पामा पलाएका ऐजेरु


सु्र्खेत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरुको भएको बताउनु भएको छ।

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै ओलीले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रुपमा‌ स्थापित दल रहेको बताउनुभयो।

अहिले केही व्यक्ति पुराना बलिदान गरेका पार्टी काम लाग्दैनन्, हामी काम लाग्छौँ भनेर हिँडेका ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘उनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्, यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन। अहिले लोकतन्त्रको टुप्पामा ऐजेरु पलाएको छ।’ 

अहिलेको गठबन्धन सरकार अत्यन्त गैरजिम्मेवार भएको ओलीले बताउनुभयो । केही शक्तिहरूले देशमा फेरी द्वन्द्व फैलाउने प्रयास गरेका भए पनि सरकार मौन रहेको ओलीले बताउनुभयो । सरकारले अपराधी  र गुण्डालाई संरक्षण गर्ने काम गरेको उहाँले दाबी गर्नुभयो । 

मानवता विरुद्ध अपराध गर्ने ज्यानमाराहरूलाई सरकारले उन्मुक्ति दिएको ओलीले टिप्पणी गर्नुभयो । ‘अपराधी जेलमा बस्नु पर्दैन भने, अपराधीलाई कारबाही गर्ने कानुन किन बनाएको ?’, उहाँले प्रश्न गर्नुभयो ।