अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक

एमाले मधेश प्रदेश अधिवेशनको लोगो सार्वजनिक

असोज २४ र २५ गते मधेश अधिवेशन गर्ने


जनकपुरधाम-नेकपा एमाले मधेश प्रदेश कमिटीले प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। एमाले प्रदेश कमिटीले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा असोज २४ र २५ गते हुने एमालेको प्रथम प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ।

लोगोमा जनकपुरधामको जानकी मन्दिर, वीरगञ्जको शंकराचार्य द्वार, मस्जिद, किसान, उद्योग कलकारखाना लगायतका विषय समेटिएको छ ।

अधिवेशनमा १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी गरिएको छ । प्रदेशका आठ वटै जिल्लामा करिब ६० हजार सक्रिय सदस्य छन् । जसमध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ। त्यसका लागि असोज १३ गते १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।

अधिवेशनबाट महिला, दलित, आदिवासी जनजाति, युवासहितका क्लस्टर र विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुनेगरी २३५ सदस्यीय प्रदेश कमिटी चयन हुने जनाएको छ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज योगेश भट्टराई, सह–ईन्चार्ज लीलानाथ श्रेष्ठ, नेतृ जुली महतो लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो।