अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: कार्यतालिका फेरि संशोधन

एमाले बागमती अधिवेशन: कार्यतालिका फेरि संशोधन


काठमाडौं-नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको चुनावी कार्यतालिका पुनः संशोधन भएको छ।

बिहीबार साँझ ६ बजेका लागि तय भएको मतदान भोलि (शुक्रबार) बिहान ८ बजेबाट सुरु हुनेगरी कार्यतालिका संशोधन भएको निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो। 

उहाँका अनुसार मतदानका लागि तोकिएको समयसम्ममा सहमतिको प्रयास जारी राखिने भएको छ। 

आज बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको तामाङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यो अवधिमा सहमतिको प्रयास गरिनेछ।’

सहमति हुन नसकेको अवस्थाम शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन हुने उहाँले बताउनुभयो।

बागमतीको अध्यक्ष पदमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिइसक्नुभएको छ।

एमालेले तेस्रो पटक निर्वाचन कार्यतालिका संशोधन गरेको हो।